स्मार्ट इन्फोसिसले नेपालले उत्कृष्ट विद्यार्थीहरुलाई लक्षित गर्दे छात्रवृत्तिको योजना ल्याएको जनाएको छ ।
काठमाडौंको बागबजार, प्रदर्शनीमार्ग नजिकै रहेको स्मार्ट इन्फोसिस नेपालले प्लस टू लगायतका परीक्षाहरुमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई लक्षित गरेर यस्तो योजना ल्याएको हो ।
स्मार्टले उच्च शिक्षा अध्ययन गर्न जापान जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श लगायतको सम्पूर्ण सेवाहरु प्रदान गर्दे आएको छ ।
प्लस टू लगायतका अन्य विभिन्न परीक्षाहरुमा उत्कृष्ट नतिजा ल्याएका सम्पूर्ण विद्यार्थीहरुलाई विशेष छात्रवृत्तिको कार्यक्रम ल्याइएको स्मार्ट इन्फोसिस नेपालका प्रबन्ध निर्देशक केशवराज अर्यालले जानकारी दिए ।
संस्थाको वेभसाइट, फेसबुक, इमेल, फोन नम्बर लगायतका माध्यमबाट जापान र यसको शैक्षिक पक्रियाका बारेमा थप जानकारी हासिल गर्न सकिने स्मार्ट इन्फोसिसले बताएको छ ।
प्रबन्ध निर्देशक अर्यालले भने, ‘हामीसँग जापानका सबै प्रकारका शैक्षिक संस्थासँग राम्रो सम्बन्ध छ । त्यसैले, हामीले विद्यार्थीहरुका लागि स्कलरसिपको व्यवस्था गर्नेछौं । ‘
जापानमा रहेको लोकप्रिय तथा शैक्षिक स्तरमा गुणस्तरीय मानिने सबै युनिभर्सिटी तथा कलेजहरुसँग इन्फोसिसले सहकार्य गर्दे आफ्ना शैक्षिक यात्रा अघि बढाउँदै आएको दाबी गरेको छ ।