टप खबर

टीआरसी टुंगो लगाउने सहमति शान्ति प्रक्रियामा कोशेढुंगा: प्रधानमन्त्री

Lumbinikhabar Online

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा रहेको संक्रमणकालीन न्यायसम्बन्धी कामलाई सर्वोच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय कानुनअनुसार नै टुंगोमा पुर्‍याउने बताएका छन् ।

 

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलको प्रतिवेदन सिंहदरबारमा बुझ्दै उनले यस्तो बताएका हुन् ।

 

सहमतिको प्रतिवेदन प्राप्त भएकाले अब कानुनी आधार दिन कुनै अन्योल र द्विविधा नभएको बताउँदै ओलीले संसद्को यसै अधिवेशनबाट सर्वसम्मतिका साथ विधेयक पारित गराउने प्रतिबद्धता व्यक्त गरे ।

‘हामीले थालेको शान्ति प्रक्रिया र त्यसको अन्तिम किस्ताका रुपमा रहेका यी कार्यलाई सम्पन्न गर्न कानुन संशोधन गर्नुपर्ने अवस्थामा पीडितमैत्री विषयलाई ध्यान दिएर सहमति भएको छ’, प्रधानमन्त्रीले भने, ‘पीडादायी विगतबाट हामी गुज्रियौँ । देशमा हिंसात्मक द्वन्द्व भयो । देशलाई ठूलो क्षति भयो । सकारात्मक परिवर्तन पनि भयो । तर शान्ति प्रक्रियालाई हामीले टुङ्गोमा लानुपर्ने थियो । हिंसाका सबै अभ्यासहरूलाई सहमतिबाट शान्ति प्रक्रियामा ल्याइसकेपछि अब त्यसका अवशेषहरू रहन आवश्यक छैन ।’

Tags

छुटाउनु भयो कि ?