नेकपा एमालेले पार्टीका स्थायी कमिटी सदस्य गुरु बराललाई रिक्त रहेको उपाध्यक्ष पदमा मनोनीत गरेको छ । तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन भएपछि रिक्त रहेको उपाध्यक्ष पदमा बराललाई मनोनीत गरिएको महासचिव शंकर पोखरेलले बताए ।
‘उपाध्यक्षको रिक्त पदमा स्थायी कमिटी सदस्य गुरु बराललाई मनोनीत गरिएको छ । दुईजनालाई स्थायी कमिटीमा बढुवा गरिएको छ। एकीकृत समाजवादीबाट आउनु भएका हाम्रा पुराना नेता मुकुन्द न्यौपाने र मधेश प्रदेशका पोलिटब्युरो सदस्य लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा ल्याएका छौँ’, उनले भने।
न्यौपाने यसअघि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका उपाध्यक्ष थिए । समाजवादी छाडेर एमालेमा फर्किएका न्यौपानेलाई स्थायी कमिटी सदस्य बनाएको हो ।