मनोरन्जन

लोकप्रिय कलाकार किरण केसी’इको केयर’को ब्राण्ड एम्बेसडर

Lumbinikhabar Online

लोकप्रिय वरिष्ठ कलाकार किरण केसी ‘राता मकै’ इको केयर प्रालिको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । बुधबार बानेश्वरमा एक पत्रकार सम्मेलन गरी उनी ब्रान्ड एम्बेस्डरमा नियुक्त भएको जानकारी दिइएको हो ।

अत्याधुनिक प्रविधिको बढी प्रयोग गरी इट्टा उत्पादन गर्ने इको केयर प्रालिले केसीलाई पाँच वर्षका लागि ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।

कुनै पनि प्रकारको जैविक इन्धनको प्रयोग नगरी वातावरणमैत्रीरुपमा इट्टा उत्पादन गर्ने यस कम्पनीको दाबी छ ।

विगतमा आफूले पनि इँट्टाभट्टा सञ्चालन गरेको बताउँदै केसीले इट्टा पोल्दा प्रदूषण फैलिने भएकाले व्यवसाय छाडेको स्मरण गरे । ‘विना प्रदूषण इट्टा उत्पादन हुन्छ भनेपछि म दूत बन्न राजी भएँ,’ पत्रकार सम्मेलनमा उनले भने ।

कम्पनीका संस्थापक अध्यक्ष विनोद श्रेष्ठका अनुसार पोलेर इट्टा उत्पादन गर्ने परम्परागत शैलीको विकल्पका रुपमा इको केयरले स्थापना भएको हो । उनको दाबी छ, ‘हामीले उत्पादन गर्ने इट्टा काँचो तर पाकेको इट्टाभन्दा गुणस्तरीय छ ।’

वातावरण मैत्री तरिकाले इट्टा उत्पादन हुने र गुणस्तरबारे डेढ महिना अध्ययन गरेर मात्रै यसको ब्रान्ड एम्बेस्डर बनेको कलाकार केसीको भनाइ छ ।

उनी भन्छन्, ‘मैले विगतमा ३ वटा इट्टभट्टा सञ्चालन गरेको थिए । इट्टा पोल्दा प्रदूषण फैलिने भएकाले नै मैले व्यवसाय छोडेँ । अहिले विना प्रदूषण इट्टा उत्पादन हुन्छ भनेपछि म ब्राण्ड एम्बेसडर बन्न राजी भएँ ।’

थोरै जग्गा, कम लगानी र थोरै जनशक्तिमा विद्यामान इट्टाभट्टाले भन्दा बढी इट्टा उत्पादन गर्न सक्ने कम्पनीको दाबी छ । अन्य स्थानमा यस प्रविधिको प्रयोग गरी इट्टा उत्पादन गर्न चाहनेलाई इको केयरले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?