टप खबर

मन्त्री पौडेलले स्वास्थ्य समस्या समाधानका लागी पत्रकार संग मागे सुझाव

Lumbinikhabar Online

स्वास्थ्य जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा रहेका समस्या र यसका समाधानबारे पत्रकारहरु संग सुझाव मागेका छन् ।

मंगलबार विहान सिंहदरबारमा भएको पत्रकारहरु संगको भेटघाट कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा धेरै समस्या र चुनौती रहेको भन्दै प्रणालीगत सुधार, नयाँ प्रविधिको प्रयोग, अल्पकालीन र दीर्घकालीन योजना निर्माणमा सुझाव दिन आग्रह गरेका हुन् ।

मन्त्री संगको भेटमा पत्रकारहरुले नेपालको समग्र स्वास्थ्य अवस्थाको बारेमा जिज्ञासा राखेका छन् । जसमा स्वास्थ्य जनशक्ति पलायनको अवस्थालाई रोक्ने कार्यक्रम देखि लिएर स्वास्थ्य विमा सम्मका विषयहरु उठान गरिएको  छ ।

स्वास्थ्य सस्थामा देखिएका समस्याहरूको पहिचान गरि कसरी सेवालाई जनमैत्री ढङ्गबाट सुचारु गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल भएको छ।

अस्पतालका चिकित्सकहरुले बिरामी प्रती गर्ने व्यबहार, सरकारी अस्पताल लाइन लाग्नुपर्ने बाध्यता ,

सरकारी अस्पतालले विरामी रिफर गरेर नीजिमा पठाउने पद्धतिको अन्त्य,औषधी खरिद बिक्रि प्रक्रियामा हुने अनियमितता, औषधिको गुणस्तर,विभिन्न रोग र महामारीको समयमा मन्त्रालयले देखाउने अति कम सक्रियताबाट  जनताले भोग्न परेको सास्ती, स्वास्थ्य क्षेत्रमा हुने राजनीति, र स्वास्थ्य क्षेत्रको बजेट लगायतका विषयमा मन्त्री पौडेल समक्ष पत्रकारहरुले जिज्ञासा राखिका छन् ।

यस्तै कमसल स्वास्थ्य सामाग्रीको खरिद र सामग्री खरिदमा देखिने गरेका अपारदर्शीताका विषयमा समेत प्रश्न उठाईएको छ । यस्तै आगामी दिनहरूमा स्वास्थ्य मन्त्रालय कसरी अगाडी बड्छ भन्ने बारेमा समेत चासो राख्दै समग्र स्वास्थ क्षेत्रका नीतिगत योजनाहरुको बारेमा समेत छलफल भएको छ ।

पत्रकारहरुको जिज्ञासामा प्रतिक्रिया जनाउदै मन्त्री पौडेलले आगामी दिनहरूमा स्वास्थ्य क्षेत्रमा देखिएका यावत समस्याहरुको समाधान गर्दै अघि बढ्ने बताए । सरकारी अस्पतालहरुमा देखिएका समस्याहरुको हल गर्दै बिपन्न बर्गको पहुँच पुग्ने गरि सेवा उपलब्ध गराउनेमा आस्वस्त पारे । मन्त्री पौडेलले यी विषयहरुमा समग्र सरकारवाला निकायहरू संग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

Tags

छुटाउनु भयो कि ?