टप खबर

दलहरु बलिया हुनुपर्दछ, तबमात्र लोकतन्त्र बलियो हुनसक्दछ : शंकर पोखरेल

Lumbinikhabar Online

नेकपा एमालेका महासचिव शंकर पोखरेलले तीन प्रतिशत भोट पाउँदा राष्ट्रिय पार्टी हुने निर्वाचन कानूनप्रति असन्तुष्टि जनाउँदै यसलाई फेनुपर्नेमा जोड दिएका छन ।

गृह जिल्ला दाङमा आज बिहान आयोजित पत्रकार भेटघाटमा महासचिव पोखरेलले र १० प्रतिशत भोट ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने तर तीन प्रतिशत भोट पाउँदा राष्ट्रिय पार्टी हुने निर्वाचन कानुन नमिल्दो भएको बताउँद्रै फेर्नुपर्नेमा जोड दिएका हुन् ।

यसले लोकतन्त्रलाई कमजोर पारेको भन्दै यस्ता कानुन फेर्न कांग्रेस र एमाले मिलेको बताए । ‘डेढ प्रतिशत भोट ल्यायो भने प्रादेशिक पार्टी हुन्छ, तीन प्रतिशत भोट ल्यायो भने राष्ट्रिय पार्टी भइहाल्छ । तर हाम्रै निर्वाचन कानुनले के भन्छ भने व्यक्तिका हकमा १० प्रतिशत भोट ल्याएन भने जमानत जफत हुन्छ । मिलेको छ त ?’ पोखरेलले भने ।

यस्ता नमिल्दा विषय मिलाउन र लोकतन्त्र बलियो बनाउन कांग्रेस–एमालेबीच गठबन्धन भएको महासचिव पोखरेलले बताए । ,‘त्यही चिज सुधार्न खोज्दाखेरि चाहिँ साना पार्टी रिसाउँछन् भन्ने कुरा हुन सक्दछ रु लोकतन्त्रलाई सही बाटोमा लैजाने हो भने त जनता रिसाउँछन् भन्न सक्नुपथ्र्यो नि,’ उनले भने ।

 

लोकतन्त्रको स्थायित्वमा दलहरु जिम्मेवार हुनुपर्ने बताउँदै उनले भने, ‘दलहरु बलिया हुनुपर्दछ, तबमात्र लोकतन्त्र बलियो हुनसक्दछ भन्ने मान्यतालाई स्थापित गर्नलाई नै प्रमुख दुई दलहरु मिलेका छन् भन्ने कुरालाई बुझ्नुपर्दछ ।’

Tags

छुटाउनु भयो कि ?