नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जतिसुकै शक्तिशाली व्यक्तिमाथि कुनै प्रकरणमा मुछिएको भए छानबिन गरेर दोषीमाथि कारबाही हुने बताएका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन दक्षिण कोरिया पुगेका थापाले त्यहाँ आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । ‘सबै प्रकरणमा छानबिन हुनु पर्छ । कानुनमाथि कोही पनि छैनन्’, उनले भने ।
पछिल्लो समय कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि कांग्रेसका महामन्त्रीयद्वय थापा र विश्वप्रकाश शर्मामाथि भ्रष्टाचार प्रकरणमा बोल्न छोडेको आरोप लागिरहेको छ । पुराना भ्रष्टाचार प्रकरणमा नबोलेको आरोपबीच उनले जुनसुकै प्रकरणमा छानबिन गरेर जोसुकै दोषी भए पनि कारबाही हुनुपर्ने बताएका हुन् ।