टप खबर

कार्यालय समयमा निजी मेडिकलतिर काम नगर्नू: स्वास्थ्यमन्त्री पौडेल

Lumbinikhabar Online

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग, अस्पताल तथा स्वास्थ्य केन्द्रलाई कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक र मेडिकलमा काम नगर्न निर्देशन दिएका छन् ।

 

मन्त्री पौडेलले शुक्रबार जुम मिटिङ गरी ठूला अस्पतालका वरिष्ठ चिकित्सकहरु नै अस्पताल समयमा उपस्थित नहुने र कार्यालय समयसम्म नबस्ने प्रवृत्ति देखिएको भन्दै यसलाई कडाईका साथ लागु गर्न निर्देशन दिएका हुन् ।

 

मिटिङमा सबै अस्पतालका निर्देशकहरुले आ–आफ्नो क्षेत्रबाट अस्पताल सुधार गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

Tags

छुटाउनु भयो कि ?