नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बजार खुलेको १ मिनेटमा पोजेटिभ सर्किट लागेको छ । शुक्रबार मौद्रिन नीति सार्वजनिक भएसँगै आज आइतबार कारोबारको पहिलो दिन सर्किट लागेको हो ।
नेप्सेमा ३.९९ प्रतिशतले सकारात्मक सर्किट लागेको हो । सर्किट लाग्दासम्ममा नेप्सेमा १०२.६८ अंकले बढेको छ । २७ करोड २० लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार हुँदा ५ लाख ५६ हजार ६५९३ कित्ता शेयर कारोबार भएको छ ।