टप खबर

सन्दीप लामिछाने फैसलाविरुद्ध गौशाला २६ ले सर्वोच्चमा पुनरावेदन नगर्ने

Lumbinikhabar Online

क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दा हालेकी युवती गौशाला २६ ले पाटन उच्च अदालतले दिएको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन नगर्ने भएकी छन् ।

गौशाला २६ ले गत जेठ २ गते पाटन उच्च अदालतले सन्दीपलाई सफाइ दिने गरी गरेको फैसालविरुद्ध सर्वोच्च नजाने भन्दै उच्च सरकारी वकिलको कार्यालयमा निवेदन दिएकी हुन् ।

उच्च सरकारी वकिलको कार्यालय पाटनका उपन्यायाधिवक्ता एवम् प्रवक्ता धर्मअवतार कोइरालाले यसको पुष्टि गरेका छन् ।

गौशाला २६ ले उक्त निर्णसहित उच्च सरकारी वकिलको कार्यालयमा निवेदन दिएसँगै अब सन्दीपलाई पनि राहत मिलेको छ । उनले आफूविरुद्धको बलात्कार मुद्दाबाट उच्चदेखि नै स्थायी रुपमा राहत पाउने निश्चित भएको छ ।

गौशाला २६ ले सन्दीपविरुद्ध सर्वोच्च नजाने निर्णयसहितको निवेदन महान्यायाधिवक्ताको कार्यालयमा समेत पठाएकी छन् । उनले सुरुमा महान्यायाधिवक्ता रमेश बडालकहाँ निवेदन पुर्‍याएकी थिइन्। त्यसपछि उनले शुक्रबार उच्च सरकारी वकिलको कार्यालय पाटनमा निवेदन दर्ता गराएकी हुन् ।

Tags

छुटाउनु भयो कि ?