टप खबर

लीलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय

Lumbinikhabar Online

सरकारले कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको छ । सिंहदबामा बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको बनाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । नेपालको प्रशासनिक इतिहासमा महिला मुख्यसचिव बनेको यो पहिलोपटक हो ।

यसअघि उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । २०२३ साल भदौ १५ मा तेर्‍हथुममा जन्मेकी गड्तौला २०५२ सालमा न्याय सेवा अन्तर्गत कानुन समूहबाट शाखा अधिकृत बनेकी थिइन् । उमेर हदका कारण उनी आउँदो भदौ १५ बाट सेवा निवृत्त हुनेछिन् । उनी अबको करिब ३५ दिन मात्र उनी मुख्यसचिव रहनेछिन् ।

शाखा अधिकृतमा पहिलो नम्बरमा उत्तिर्ण गड्तौला २०६३ मा उपसचिव, २०७० मा सहसचिव,२०७७ मा सचिव र २०८१ असार ३१ मा कामु मुख्यसचिव बनेकी हुन् । भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर भएपछि मुख्यसचिव बैकुण्ठ अर्याल निलम्बनमा परेपछि उनले जिम्मेवारी पाएकी थिईन् ।

Tags

छुटाउनु भयो कि ?