टप खबर

पार्टीवरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरू बुनिँदैछन्: माधव नेपाल

Lumbinikhabar Online

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी विरुद्ध षड्यन्त्र सुरु भएको बताएका छन् ।

 

बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले पार्टीवरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरू बुनिँदैछन् भन्ने सूचना आफुले पाएको बताएका हुन् ।

 

उनले भने, ‘हाम्रा विरुद्धमा अनेकौं किसिमका षड्यन्त्रका तानाबानाहरू बुनिँदैछन् भन्नेकुरा पनि सुन्नमा आइरहेको छ । कति सत्य हो, कति असत्य हो ? थाहा छैन । तर कति सत्य हुन्, कति असत्य हुन् भनेर पनि हुँदो रहेनछ ।

 

लेखेर पनि हुँदा रहेनछ । बोलेर हुँदो रहेनछ । त्यसको थोरै विश्लेषण गर्नुपर्ने रहेछ । त्यसको बारेमा हामीले जानकारी हाँसिल गर्नुपर्छ । त्यस आधारमा आफ्नो तर्फबाट पूर्ण सतर्कता अपनाउनुपर्छ । यसअर्थमा विभिन्न राजनीतिक दलहरूसँग, राजनीतिक शक्तिहरूसँग हामीले संवाद जारी राख्नुपर्छ,’ उनले भने ।

Tags

छुटाउनु भयो कि ?