सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा स्थानीय प्रशासनले आजदेखि रातिमा गाडी चलाउन रोक लगाएको छ ।
सडक अत्यन्तै जोखिमपूर्ण रहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाले आग्रह गरेको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झण्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति हुन नदिन आजदेखि अनिश्चितकालसम्म रातिमा सवारी साधन चलाउन रोक लगाइएको हो ।
साउन ९ गते बुधबार बेलुकी ७ देखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्म सबैखाले सवारी साधन आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले पाल्पाले जनाएको छ ।