बङ्गलादेशमा विकसित पछिल्लो तनावपछि करिब ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । उनीहरु हवाइमार्ग र स्थलमार्ग हुँदै नेपाल आएको परराष्ट्र मन्त्रालयले शनिबार राति जानकारी दिएको छ ।
सामाजिक सञ्जाल एक्समार्फत मन्त्रालयले लेखेको छ, ‘हालसम्म झण्डै ८०० नेपाली विद्यार्थीले हवाई वा स्थलमार्ग हुँदै बंगलादेश छाडेका छन् ।ढाकास्थित नेपाली दूतावासले अधिकांश विद्यार्थीहरूसँग बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थल वा सम्बन्धित सीमा नाकाहरूमा सुरक्षित यात्राको लागि समन्वय गरेको छ।’
मन्त्रालयका अनुसार बंगलादेशका विश्वविद्यालयहरू, सम्बन्धित निकायहरू र कानून प्रवर्तन एजेन्सीहरूसँग नेपाली दूतावासले समन्वय गरिरहेको छ ।