राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक नियुक्तिका कारण मुलुकमा सही नीति निर्माण हुन नसकेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार काठमाडौंमा आयोजना गरेको नीति मन्थन मौद्रिक नीतिबारे अन्तरक्रिया कार्यक्रममा लामिछानेले सरकारका पुग्ने बितिकै दलहरूको प्राथमिकता राजनीतिक नियुक्तिमा रहने गर्दा त्यसका कारण मुलुकमा सही नीति निर्माण हुन नसकेको बताएका हुन् ।
राजनीतिक नियुक्ति स्वार्थप्रेरित हुने हुँदा उनीहरूबाट बनाउने नीतिहरू पनि देशका लागि नभइ आफ्ना स्वार्थका आधारमा बन्ने उनको भनाइ छ । उनले ठूला भनिएका राजनीतिक दलहरूलाई कार्यकर्ता र भातृसंगठनको भारी बोक्नुपरेको र उनीहरूको पार्टीप्रतिको योगदान चुकाउन राष्ट्रिय सम्पत्ति दोहन हुने गरेको जिकिर गरे ।