शिक्षा

दिल्लीमा मिनिल्यान्ड विद्यालयले पायो वाहवाही

Lumbinikhabar Online

भारतको राजधानी नयाँ दिल्लीमा सृष्टि परफमिङ आर्ट्स द्वारा आयोजित अन्तर्राष्ट्रिय लोक नृत्य सम्मेलनमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५, काठमाडौँमा अवस्थित मिनिल्याण्ड माध्यमिक विद्यालयले नेपालको प्रतिनिधित्व गर्दै नेपाली संस्कृति, भेषभुषा तथा परम्परालाई विश्व सामु परिचित गराउने हेतुले सहभागिता जनाएको थियो । उक्त कार्यक्रममा कक्षा ८,९ र १० का १२ विद्यार्थीहरूले नेपाली लोक नृत्यहरू प्रस्तुत गरेका थिए ।

उक्त सम्मेलनमा नेपाल लगायत बेल्जियम, श्रीलंका, भारत, घाना आदि राष्ट्रहरूको सहभागिता हुनुको साथसाथै भारतको दिल्ली लगायत विभिन्न राज्यहरुबाट सम्मेलनमा आएका विद्यालयहरू तथा डान्स एकेडेमीहरूले पनि उत्कृष्ट सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए । चार दिनसम्म चलेको उक्त सम्मेलनमा नेपालको तर्फबाट मिनिल्यान्डका विद्यार्थीहरूले गुरुङ्ग, सुनार र नेपाली भेषभूषामा ३ वटा सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरी सबैको वाहीवाही प्राप्त गरेका थिए ।

भारतका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा रियालिटी टि. भी. शो निर्णायक जग्गा मास्टरले पनि विदेशी तिमीहरूलाई वर्कशप मार्फत भारतीय नृत्य सिकाएका थिए । उक्त अन्तराष्ट्रिय सम्मेलनमा नेपालले ट्रफी प्राप्त गर्नुको साथसाथै विद्यार्थीहरूले अन्य मुलुकका ग्रुपहरुसँग मायाको चिनो पनि साटासाट गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?