टप खबर

धानमन्त्री केपी शर्मा ओलीपछि उपप्रधान र मन्त्रीहरूले लिए शपथ

Lumbinikhabar Online

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीपछि उपप्रधान र मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारमा १९ मन्त्रीले शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन्।

सुरुमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई शपथ खुवाएका थिए। लगत्तै, दुई उपप्रधानमन्त्रीको शपथ ग्रहण भयो। त्यसपछि बाँकी १९ जना मन्त्रीको शपथ ग्रहण गराइएको हो।

एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा कांग्रेस, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले सहभागी भएका छन् ।

 

मन्त्रीहरुको कार्यविभाजन :

  • पृथ्वीसुब्बा गुरुङ- सञ्चार तथा सूचना मन्त्रालय
  • रमेश लेखक- गृह
  • शरतसिंह भण्डारी- श्रम तथा रोजगार
  • आरजु राणा देउवा- परराष्ट्र
  • नवलकिशोर साह सुडी- महिला बालबालिका
  • देवेन्द्र दाहाल- भौतिक पूर्वाधार तथा यातायात
  • तेजुलाल चौधरी- युवा तथा खेलकुद
  • प्रदीप यादव- खानेपानी
  • प्रदीप पौडेल- स्वास्थ्य
  • अजय चौरसिया-कानुन न्याय तथा संसदीय मामिला
  • बद्री प्रसाद पाण्डे- पर्यटन
  • रामनाथ अधिकारी- कृषि
  • विद्या भट्टराई- शिक्षा विज्ञान तथा प्रविधि
  • मानवीर राई- रक्षा
  • दीपक खड्का- जलस्रोत तथा ऊर्जा
  • राजकुमार गुप्ता-संघीय मामिला तथा सामान्य
  • ऐनबहादुर शाही ठकुरी- वन तथा वातावरण

Tags

छुटाउनु भयो कि ?