टप खबर

ओलीले पेस गरे प्रधानमन्त्रीमा दाबी

Lumbinikhabar Online

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारै राष्ट्रपति निवास पुगेर नयाँ प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्।

दाबी पेस गर्न एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले उपाध्यक्ष विष्णु पौडेल, एमाले प्रमुख सचेतक महेश बर्तौला, पूर्वमहान्यायाधिवक्ता रमेश बराल लगायत शीतल निवास पुगेका थिए।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै ओलीले शीतल निवास पुगेर दाबी पेस गरेका हुन्।

Tags

छुटाउनु भयो कि ?