टप खबर

बागमती सरकारबाट बाहिरियो एमाले

Lumbinikhabar Online

नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट मन्त्री भएका पाँचजनाले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई राजीनामा बुझाएसँगै सरकारबाट बाहिरिएको हो । एमालेले जम्मकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ ।

 

एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्री केशव पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी मन्त्री एकलाल श्रेष्ठले राजीनामा बुझाएको स्वास्थ्य मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

Tags

छुटाउनु भयो कि ?