टप खबर

केन्द्रीय समिति सदस्यहरू दुई हप्ता गुप्तवासमै जानुप​र्छ : महामन्त्री मुकुल ढकाल

Lumbinikhabar Online

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले सय दिनमा पार्टीलाई ‘रविको पार्टी’बाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बनाउने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

जारी केन्द्रीय समिति बैठकमा आफूलाई प्रस्तुत गर्न नदिएको प्रस्तावमा उनले रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बन्न के गर्ने ? भन्ने सय दिने प्रस्ताव पेस गरेका हुन् । त्यसका लागि दुई हप्ता तयारी गर्ने र त्यसपछि सभापति र उपसभापतिबाहेकका केन्द्रीय समिति सदस्यहरू दुई हप्ता गुप्तवासमै जानुपर्ने प्रस्ताव अघि सारेका छन् ।

उनले गुप्तवासका क्रममा महामन्त्रीको राय राख्ने भन्दै निर्णय गर्ने अधिकार भने केन्द्रीय सदस्यहरूमा रहने बताएका छन् । “पार्टीको विधानको पालना कसले गराउने ? पार्टीको विधान पालना नभए के गर्ने ? पार्टीको संगठनात्मक ढाँचा कस्तो हुने ? पार्टीको तर्फबाट हने निर्वाचनका लागि उमेदवार छनोट कसरी गर्ने ?,” लगायत विषयमा छलफल गुप्तवासमा हुनुपर्ने धारणा उनको छ ।

Tags

छुटाउनु भयो कि ?