नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति स्व। गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आएको बताएका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित स्व। कोइरालालको क्रान्तिदेखि शान्तिसम्म फोटो प्रदर्शनीका क्रममा उनले यस्तो बताएका हुन् । उनले स्व.कोइराला २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा क्रियाशील, सक्रिय र जुझारु व्यक्तित्व रहेको उल्लेख गरे ।
गिरिजाबाबुका कारण देशमा प्रजातन्त्र मात्रै नफर्किएको भन्दै नेपालमा गणतन्त्रसम्म आएको उल्लेख गरे । आफूले विद्यार्थी बेलामा नै गिरिजाबाबुलाई चिनेको र उनैको सहयोगमा विश्वविद्यालयको चुनावमा जाँदा आफू पराजित भएको पनि स्मरण गरे । उनकै कारण आफू नेपाल विद्यार्थी संघको सभापति भएको बताए ।