खेलकुद

विश्वकप जित्ने भारतीय टोलीलाई १२५ करोड भारु पुरस्कार दिने घोषणा

Lumbinikhabar Online

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टी-२० विश्वकप जित्ने भारतीय क्रिकेट टोलीलाई १२५ करोड भारतीय रुपैयाँ (भारु) पुरस्कार दिने घोषणा गरेको छ।

 

बीसीसीआईका सचिव जय शाहले सोसल मिडिया प्लेटफर्म एक्समार्पत पुरस्कार घोषणा गरेका हुन्। उनले लेखेका छन्, ‘आईसीसी पुरुष टी-२० विश्वकप २०२४ जित्ने टिम इन्डियालाई १२५ करोड रुपैयाँको पुरस्कार घोषणा गर्न पाउँदा म खुसी छु।’ ‘भारतीय टोलीले प्रतियोगिताभरि असाधारण प्रतिभा, दृढ संकल्प र खेलकुद प्रदर्शन गरेको छ। यस अद्भुत उपलब्धिको लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई छ।’

Tags

छुटाउनु भयो कि ?