खेलकुद

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो टी-२० विश्वकपको उपाधि

Lumbinikhabar Online

भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ । भारतले सन् २००७ पछि पहिलो पटक टी२० विश्वकप उपाधि जितेको हो ।

 

पहिलो पटक ठूलो प्रतियोगिताको फाइनल खेलेको दक्षिण अफ्रिका उपविजेतामै सीमित बन्यो । दक्षिण अफ्रिकाको हारसँगै विश्वकपका अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ । यता भारतले भने अपराजित रहेर विश्वकपको उपाधि जित्ने एक्लो टोली बन्दै कीर्तिमान बनाएको छ । विश्वकप इतिहासमा अपराजित रहेर टोलीलाई विश्वकप जिताउने कप्तान रोहित शर्मा एक्ला कप्तान हुन् । १७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनायो । दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले २७ बलमा २ चौका र ५ छक्का सहित सर्वाधिक ५२ रन बनाए पनि हार टार्न सकेनन् ।

 

समय दक्षिण अफ्रिकालाई अन्तिम ३० बलमा ३० रन चाहिएको थियो । १७औं ओभरको पहिलो बलमा हार्दिक पान्ड्याले हेनरिक क्लासेनलाई क्याच आउट गरेपछि भारतले खेलमा नाटकीय पुनरागमन गरेको थियो । अन्तिम ६ बलमा १६ रन चाहिएको थियो । हार्दिक पान्ड्याको बलमा मिलर सूर्यकुमार यादवबाट बाउन्ड्रीमा उत्कृष्ट क्याच आउट भएपछि जितको सम्भावना सकिएको थियो ।

Tags

छुटाउनु भयो कि ?