नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक काठमाडौंको बौद्धबाट पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनी लामो समयदेखि फरार थिए । पूर्वगृहमन्त्रीसमेत रहेका बादलका पुत्र प्रतीक नक्कली शरणार्थी प्रकरणमा फरार सूचीमा थिए ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले प्रतीक थापालाई पक्राउ गर्न ३१ वैशाख २०८० मै पुर्जी जारी गरिसकेको थियो । जिल्ला अदालत, काठमाडौंबाट पक्राउ अनुमति लिए पनि उनी फरार थिए । प्रहरीले यसअघि बादल गृहमन्त्री हुँदाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ गरेको थियो। उनी उक्त प्रकरणमा हाल थुनामा रहेका छन् ।