बिबिध

प्रशान्ति शिक्षा सदन द्वारा एसईई नतिजामा आफ्नो उत्कृष्टता कायम गर्न सफल

Lumbinikhabar Online

काठमाडौंको कपनमा रहेको प्रशान्ति शिक्षा सदनले बिहिबार सार्वजनिक भएको एसईई परीक्षा २०८० को नतिजामा उत्कृष्ट रिजल्ट ल्याएको छ ।

प्रशान्ति शिक्षा सदनले एसईई परीक्षा को नतिजामा आफ्नो उत्कृष्ट पहिचानलाई कायम गर्न सफल भएको हो ।

बुढानिलकण्ठ नगरपालिका १२ मा रहेको प्रशान्ति शिक्षा सदनका अध्यक्ष मुरारी भण्डारीले स्कूलले अतिरिक्त क्रियाकलापसहितको बालमैत्री शिक्षण सिकाई र जीवनउपयोगी अध्ययन अध्यापन गर्दे आएको बताउँदै विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि थप शैक्षिक तथा भौतिक सुविधाहरु बढाउने गरि अघि बढेको जानकारी दिए ।

यस वर्षको एसईई नतिजाबाट आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यमा अझ उत्साह थपिएको प्रशान्ति शिक्षा सदनका संचालक शमिरशण ढुंगलले बताए ।

“ बालमैत्री सिकाईसहितको अन्र्तराष्ट्रिय शिक्षामा प्रशान्तिको प्रतिबद्धता” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दे अघि बढिरहेको विद्यालय व्यवस्थापनको दाबी छ ।

परीक्षामा सहभागी भएका कुल १५ विद्यार्थीहरुमध्ये तीन जनाले ए प्लस ल्याएका छन् भने १२ जना विद्यार्थीले ए ल्याएको प्रशान्ति शिक्षा सदन, कपनका प्रिन्सिपल समीर बाँस्तोलाले जानकारी दिए ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा रहेका विद्यालयहरुमध्ये गुणस्तरीय शिक्षाका लागि लोकप्रिय मानिएको प्रशान्ति शिक्षा सदनले यो उत्कृष्ट नतिजाका लागि आफ्ना विद्यार्थीहरुलाई आभार व्यक्त गरेको छ ।

Tags

छुटाउनु भयो कि ?