टप खबर

म माथि पार्टी भित्र घृणित राजनीति भयो : रास्वपा महामन्त्री ढकाल

Lumbinikhabar Online

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा मुकुल ढकालले पार्टीभित्र आफूमाथि घृणित राजनीति भएको गुनासो गर्दै अन्याय नगर्न आग्रह गरेका छन् ।  महामन्त्री ढकालले पार्टी सभापति रवि लामिछानेलाई आफ्नो देशव्यापी समीक्षा यात्राको प्रतिवेदन बुझाउने क्रममा पत्र लेख्दै यो गुनासो गरेका हुन्। उनले सभापति लामिछानेलाई यात्राको समीक्षा प्रतिवेदन आफूमा मात्र सीमित नराखी जस्ताको त्यस्तै सार्वजनिक गर्न पनि आग्रह गरेका छन्। प्रतिवेदन सार्वजनिक नगरे आफूमाथि पार्टीले गरेको अन्याय हुने तर्क पनि गरेका छन्।

 

‘यसमा मेरो पनि व्यक्तिगत राजनीतिको सवाल छ, मैले गर्दै नगरेको कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो,’ उनले पत्रमा लेखेका छन्, ‘मेरा कुरा के के हुन्, जनतालाई मैले कहिले भन्नै पाइनँ। नराम्रा जति मेरा, राम्रा जति सबै अरूका भए। मेरा कुरा पनि के छन्, त्यो जनताले थाहा पाउनपर्छ । मेरो पनि राजनीतिक अधिकार हो। यो प्रतिवेदन ११.३ लाख जनता जसले घण्टीमा भोट हाले, उहाँहरूले पनि थाहा पाउनुपर्छ। यो प्रतिवेदन सार्वजनिक नगरिनु ममाथि पार्टीले गरेको अन्याय हुन्छ । ममाथि न्याय गरियोस्, यो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरियोस्।’

Tags

छुटाउनु भयो कि ?