खेलकुद

टी–२० विश्वकप: अस्ट्रेलियालाई हराउँदै भारत विश्वकपको सेमिफाइनलमा

Lumbinikhabar Online

भारत आइसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको ‘सुपर ८’काे खेलमा अस्ट्रेलियालाई २४ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको हो । भारतले दिएको २०६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८१ रन बनायो ।

 

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको थियो । जारी विश्वकपमा भारतले पहिलो पटक दुई सय रनको आँकडा पार गरेको हो ।

 

उसका लागि कप्तान रोहित शर्माले सर्वाधिक ९२ रन बनाए । ४१ बलको सामना गरेका शर्माले ७ चौका र ८ छक्का प्रहार गरे । शर्मालाई अस्ट्रेलियाका मिचेल स्टार्कले आउट गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?