टप खबर

छाउपडी प्रथा अन्त्यका लागि समिति गठन भएको छ: गृहमन्त्री लामिछाने

Lumbinikhabar Online

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयले छाउपडी प्रथाको अन्त्यका लागि सुभसमिति गठन गरेको बताउनुभएको छ । सोमबारको राष्ट्रिय सभाको बैठकमा अछाम जिल्लाको छाउगोठमा भएको घटनाका बारेमा राष्ट्रिय सभामा जानकारी गराउँदै गृहमन्त्री लामिछानेले यस्तो बताउनुभएको हो ।

गृहमन्त्री लामिछानेले छाउपडी प्रथाको अन्त्यका लागि विगतमा भएका अध्ययन, अनुसन्धान र विज्ञहरुसँग सल्लाह लिइ समितिले दिएको सुझाव र प्रतिवेदनका आधारमा नीति बनाउने काम हुने बताउनुभयो । गत असार ४ गते अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ बस्ने १६ वर्षकी किशोरी छाउगोठमा बलात्कृत भएको विषयबारे संसदमा जानकारी गराउँदै उहाँले आगामी दिनमा यस किसिमका घटना हुन नदिन लिइ कानूनी, नीतिगत, सामाजिक, अभियानका रुपमा यसलाई नियमन गर्न, नियन्त्रण गर्न र यो प्रथालाई अन्त्य गर्नेतर्फ कदम चाल्न समिति निर्माण गर्ने र समितिले दिएको प्रतिवेदनमा टेकेर नीतिगत निर्णय गर्ने र विभिन्न अभियान सञ्चालन गर्ने निर्णय गेरको बतउनुभयो ।

गृहमन्त्री लामिछानेले अछाममा छाउगोठमा बसेकी किशोरीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र बलात्कारीको आरोपमा एक जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले भविष्यमा यस्ता घटना दोहोरिन नदिन छाउपडी प्रथाको अभ्यास भएका जिल्लामा स्थानीय प्रशासनबाट भइरहेका कार्यको समीक्षा गर्ने, निरोधात्मक कार्यक्रम सञ्चालन गर्ने निर्देशन दिइसकेको पनि बताउनुभयो ।

Tags

छुटाउनु भयो कि ?