खेलकुद

अमेकिारलाई हराउँदै इङ्ल्यान्ड टि-२० विश्वकपको सेमिफाइनलमा

Lumbinikhabar Online

अमेकिारलाई १० विकेटको फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्ड टी २० विश्वकपको सेमिफाईनल प्रवेश गरेको छ । कप्तान जोस बट्लरले विस्फोटक ब्याटिङ गरेपछि इंग्ल्यान्डले १ सय १६ रनको लक्ष्य विना क्षति मात्र ९.४ ओभरमा पुरा गर्यो ।

 

बट्लरले मात्र ३८ बलमा ८३ रन जोडे । उनले ६ चौका र ७ छक्का प्रहार गरे । फिल साल्टले २१ बलमा २५ रन जोडे । जितसँगै सुपर ८ को समूह २ बाट इंग्ल्यान्डले टी–२० विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । सेमिफाईनल पुग्ने इंग्ल्यान्ड पहिलो टिम हो ।

 

यसअघि क्रिस जोर्डनले घातक बलिङ गर्दै ह्याट्रिक गरेपछि अमेरिका मात्र १ सय १५ रनमा अलआउट भएको थियो । अमेरिका १८.५ ओभरमा अलआउट भयो ।५ विकेटको क्षतिमा ११५ रन बनाएको अमेरिकाले बाँकी सबै विकेट कुनै पनि रन नजोडी गुमायो । अमेरिकाले ६ बलको अन्तरमा ५ विकेट गुमाएको थियो । नितिश कुमारले सर्वाधिक ३० रन जोडे । उनले २४ बलमा १ चौका र २ छक्का प्रहार गरे । कोरी एन्डरसनले २८ बलमा २९ रनको योगदान दिए ।

Tags

छुटाउनु भयो कि ?