लुम्बिनीमा जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन |
जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
उपेन्द्र यादव नेतृत्वको पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिदैं प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।
पार्टीले दिएको निर्णय कार्यान्वयन गर्दे प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनता समाजवादी पार्टी नेपालकी प्रमुख सचेतक अम्बिका काफ्लेले जानकारी दिइन् ।