News in Nepali

मदिरा सेवन गरेका गाउँपालिकाका कर्मचारी द्वारा एक युवक माथी कुटपिट

Lumbinikhabar Online

कालिकोटमा सरकारि कर्मचारीको कुटाइ बाट एक युवक घाइते भएका छन् । जिल्लाको शुभकालिका गाउँपालिकामा कार्यरत लेखा प्रमुख कृष्ण रोकाया र पशु सेवा शाखाका कर्मचारी नवीन शाहीको कुटाइ बाट सोही गाउँपालिकाको वडा नम्बर-६ निवासी भिमप्रसाद आचार्य घाइते भएका हुन् ।

घाइतेको आँखा र टाउकोमा गहिरो चोट लागेको छ । उनको अहिले सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

बिहीबार राति १० बजे शुभकालिका ५ सुकाटियास्थित दीर्घ शाहीको होटलमा खाना खाइरहेको बेला मदिरा सेवन गरेका उनिहरुले आचार्यमाथी ज्यानमार्ने योजनाका साथ वियरको बोत्तल र सिसाको गिलास प्रहार गरेको पारिवारिक स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार फेसबुकमा जथाभावी लेखेको आरोप लगाउँदै रोकाया र शाहीले आचार्य माथि सिसाको गिलासले प्रहार गरेको जनाइएको छ । घटनाका आरोपी रोकाया र शाहीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?