टप खबर

न्युरोडलाई ‘नो भेहिकल जोन’ बनाउने महानगरको प्रस्तावविरुद्ध व्यवसायीहरूको प्रदर्शन

Lumbinikhabar Online

काठमाडौंको न्युरोड क्षेत्रलाई काठमाडौं महानगरपालिकाले सवारी निषेधित क्षेत्र बनाउन लागेको भन्दै त्यहाँका व्यवसायीहरू र स्थानीयले विरोध प्रदर्शन गरेका छन् । नेपालकै ऐतिहासिक महत्व बोकेको न्युरोड क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन नहुने भन्दै उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

 

व्यवसायीहरू ‘सवारी साधन विनाको न्यूरोड चाहिँदैन’, ‘आफू चिल्लो गाडी चढ्ने हामीलाई नो भेहिकल भन्ने ?’ लगायत विभिन्न नारा उल्लिखित प्लाकार्ड बोकेर सडक किनारमा उभिएका छन् ।काठमाडौं महानगरपालिकाको जेठ ३२ गतेको बैठमा न्यूरोडलाई सवारी निषेधित क्षेत्र बनाउने प्रस्ताव पेस भएको थियो । सवारीसाधन निषेध गर्ने योजनालाई उनीहरुले षड्यन्त्र भनेका छन् ।

 

उनीहरुले ‘भेहिकल फ्रि जोन धोका हो, हामी मान्दैनौँ’, ‘न्युरोडमा गाडी जीवनको सामान्य आवश्यकता हो’, ‘सेभ न्युरोड’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?