बिबिध

साओमीका किरण सोनीले पूरा गरे चार वर्षे कार्यकाल 

Lumbinikhabar Online

साओमी मोबाइल कम्पनीका तर्फबाट नेपालका लागि आफ्टर सेल्स सर्भिसको कन्ट्री मेनेजर किरण सोनीले आफ्नो चार वर्षे कार्यकाल पूरा गरेका छन् ।

सन् २०२० देखि कार्यकाल सुरु गरेका सोनीले साओमी मोबाइलको आफ्टर सेल्स सर्भिसको सेवा गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान गरेका थिए ।

यस्तै, देशका विभिन्न स्थानमा आफ्टर सेल्स सर्भिसको सेवा पुर्याउन सोनीले सर्भिस सेन्टरहरु खोल्न समेत अग्रणी भूमिका निर्वाह गरे ।

नेपाली बजारमा सेल्सका आधारमा साओमी नम्बर वन मोबाइल ब्रान्ड हो । मोबाइल प्रयोगकर्ताहरुमाझ यसका मिडिल रेन्जका मोबाइलहरु लोकप्रिय मानिन्छन् ।

Tags

छुटाउनु भयो कि ?