खेलकुद

विश्वकपको अन्तिम खेलमा नेपाल पराजित, बंगलादेश सुपर आठमा

Lumbinikhabar Online

नेपाललाई हराउँदै बंगलादेश विश्वकप टी–२० क्रिकेटको सुपर आठमा प्रवेश गरेको छ । सेन्ट भिन्सेन्टको किंग्सटाउनमा आज भएको खेलमा बंगलादेशले नेपाललाई २१ रनले हराएको हो ।

आज बिहान नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको बंगलादेशले १९ ओभर ३ बलमा अलआउट हुँदै १०६ रन जोड्यो । उसका लागि शकिब अल हसनले सर्वाधिक १७ रन जोडे ।बलिङतर्फ नेपालका सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र सन्दिप लामिछानेले दुई दुई विकेट लिए । जवाफमा १०७ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर २ बलमा अलआउट हुनुपुर्व ८५ रन मात्रै बनाउन सक्यो । नेपालका कुशल मल्लले २७ रन तथा दिपेन्द्रसिंह ऐरीले २५ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् । बंगलादेशका तान्जिन हसन शकिबले ४ विकेट लिंदा मुस्तफिजुर रहमानले ३ विकेट झारे ।

जितसँगै बंगलादेश सुपर आठमा प्रवेश गर्दा नेपालको विश्वकप यात्रा जितबिहीन भएको छ । आजको खेलमा दुई विकेट लिएका नेपालका सन्दिप लामिछानेले टी–२० अन्तराष्ट्रियमा आफ्नो सय विकेट पुरा गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?