News in Nepali

राज्यका सबै निकायहरुमा शुद्धिकरण अभियान सुरु हुने: अर्थमन्त्री

Lumbinikhabar Online

अर्थमन्त्री वर्षमान पुनले सुशासन कायम गर्नका लागि राज्यका सबै निकायहरुमा शुद्धिकरण अभियान सुरु गर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले सरकारले सुशासन कायम गर्नका लागि राज्यका सबै निकायहरुमा शुद्धिकरण अभियान शुरु गर्ने बताउनुभएको हो ।

अर्थमन्त्री पुनले सरकारले भ्रष्टाचारको सफाइ गर्न खोजेको बताउनुभयो । उहाँले भ्रष्टाचारको सम्बन्धमा फाइल उठाउने कर्मचारी र स्वीकृत गर्ने कर्मचारीलाई कारबाही नगरी बिचका कुनै कर्मचारीलाई कारबाही गर्ने प्रवृत्ति देखिएको भन्दै आफूहरुले त्यसको अन्त्य गर्ने बताउनुभयो । उहाँले नजिक र टाढाको नभनी दोषि उपर कारबाही गरिने बताउनुभयो ।

अर्थमन्त्री पुनले भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न सरकार उभिएको भन्दै सुशासनका लागि राज्यका निकायहरुमा शुद्धिकरण अभियान चलाइने स्पष्ट पार्नुभयो ।

Tags

छुटाउनु भयो कि ?