News in Nepali

कैलाश सिरोहिया हाजिरी जमानीमा रिहा

Lumbinikhabar Online

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानीमा रिहा भएका छन् । गत मंगलबार नागरिकतासम्बन्धी काठमाडौंबाट पक्राउ परेका उनी अहिले ललितपुरको मेडिसिटी अस्पतालमा छन् ।

 

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले सिरोहियालाई हाजिर जमानतमा रिहा गरिएको जानकारी दिए । प्रहरीले सिरोहियालाई हाजिरी जमानतमा रिहा गर्नका लागि जिल्ला सरकारी वकिलको कार्यालयलाई आग्रह गरेको थियो ।

Tags

छुटाउनु भयो कि ?