टप खबर

अफगानिस्तानमा बाढी: कम्तीमा ५० जनाको मृत्यु

Lumbinikhabar Online

मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । अफ्गानिस्तानको घोर प्रान्तमा आएको बाढीका कारण थुप्रै वेपत्ता छन् भने हजारौँ मानिस विस्थापत भएका छन् । संयुक्त राष्ट्र संघका निकायहरूले पछिल्लो बाढीमा परी मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने जनाएका छन् ।

 

बाढीमा परि हजारौँ गाईवस्तु मारेको, करिब २ हजार घर ध्वस्त भएको र धेरैलाई क्षति पुयाएको बीबीसले जनाएको छ । प्रान्तीय राजधानी फिरोजकोहमा करिब २,००० पसलहरू पानीमुनि रहेको र त्यहाँ जाने अधिकांश सडकहरू क्षतिग्रस्त भएको बताइएको छ ।

Tags

छुटाउनु भयो कि ?