खेलकुद

सन्दीप लामिछानेको निलम्बन फुकुवा, विश्वकपमा पठाउने तयारी

Lumbinikhabar Online

सन्दीप लामिछानेलाई टि २० विश्वकप खेल्ने बाटो खुलेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा निर्दोष ठहर गरे लगत्तै नेपाल क्रिकेट संघ क्यानले निलम्बन फुकुवा गरेपछि सन्दीपलाई अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेको हो

 

‘सम्मानित उच्च अदालत पाटनको २०८१ जेठ २ को फैसला बमोजिम नेपाली क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनि फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेटबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँछौं’, अध्यक्ष चतुर बहादुर चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

लामिछानेलाई टी–२० विश्वकप खेलाउने पक्षमा नेपाल क्रिकेट संघ क्यानले तत्काल प्रक्रिया अगाडी बढाउने भएको छ। क्यानले तत्कालै आवश्यक प्रक्रिया पूरा गरेर सन्दीपलाई टोलीमा समेट्ने अध्यक्ष चन्दले साझा पोष्टलाई बताए ।

Tags

छुटाउनु भयो कि ?