News in Nepali

फैसलाको आशमा उच्च अदालत अगाडि भिड

Lumbinikhabar Online

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा  उच्च अदालत पाटनमा सुनुवाइ भइरहेको छ । जारी बहस नसकिएपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको छ ।

आजै फैसला आउन सक्ने आङ्कलनसहित उच्च अदालत अगाडि ठुलो भिड लागेको थियो । तर, फैसला नआएपछि उनीहरू निराश भएर फर्कन बाध्य भएका छन् ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले यो मुद्दामा आजै बहस सक्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत बहसमा समय निर्धारण गर्दै कडाइ गरे पनि बहस पूरा हुन सकेन । बहस नसकिएपछि हेर्दाहेर्दै बुधबारका लागि पेशी राखिएको छ ।

Tags

छुटाउनु भयो कि ?