काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ७७ औँ कान्स फिल्म फेस्टिभलमा भाग लिन फ्रान्स प्रस्थान गरेका छन् ।
मेयर शाह कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा फेस्टिभलमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । शाहका साथमा व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि रहेका छन् ।
उनीहरूलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र प्रशासन विभागका प्रमुख दीपक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गरे ।