कार्यक्रम

‘नेसन गट ट्यालेन्ट’ सो को भोटिङ्ग राउण्ड खुल्ला

Lumbinikhabar Online

देशभरिका ८ देखि १३ बर्षका सहभागिहरुको गायन तथा नृत्य विधाको प्रस्तुति रहेको रियालिटी सो नेसन गट ट्यालेन्ट सोको भोटिङ्ग राउण्ड सुरु भएको छ । त्यसैले उत्कृष्ट १२ प्रतिष्पर्धीहरुको अवको यात्रा देश तथा विदेशमा रहनुहुने स्रोता दर्शकले गर्ने भोटमा निर्भर हुने छ ।

गायन र नृत्य विधाको सभ्य र भव्य रियालिटी सोको ग्रान्ड प्रिमियर चरण हालै सम्पन्न भएको हो।देशका बिभिन्न स्थानबाट अडिसन राउन्डमा छानिएका २६ जना सहभागीबाट जुरीको निर्णयका आधारमा उत्कृस्ट १६ छानिएकोमा सोबाट दुवै विधामा उत्कृष्ट १२-१२  जना छानिएका थिए । नेपालकै पहिलो एचडी च्यानल एपी-१ टेलिभिजनबाट हरेक मंगलबार र बुधबार प्रसारण भैरहेको रियालिटी सोको उद्देस्य भोलिका लागि गायन र नृत्य क्षेत्रका लागि उदयीमान प्रतिभाको सम्भावना खोज्नु हो ।

गायन विधामा प्रशिद्ध गायक आनन्द कार्की र अर्की बहुचर्चित गायिका देविका बन्दना जुरीको भूमिकामा हुनुहुन्छ भने नृत्य विधामा नेपाली नृत्य एवम् अभिनय क्षेत्रकि सर्वप्रिय कलाकार मिथिला शर्मा र अर्की सुप्रशिद्ध नायिका गौरी मल्ल जुरीमा हुनुहुन्छ ।जुरीहरुले ग्रान्ड प्रिमियरमा आफ्नो भब्य प्रस्तुति समेत पस्कनु भएको थियो भने प्रस्पर्धिहरुको समुहमा प्रस्तुति रहेको थियो ।

हाँस्य कलाकार दमन रुपाखेती र प्रनिमा दहालले संचालन गर्ने कार्यक्रमको भोटिंग राउण्ड सुरु भैसकेको छ । नेपाली गायन र नृत्य क्षेत्रका भोलिका धरोहरलाई हौसला दिने र उनीहरुको कला र गलामा थप निखारताका लागि आफ्नो-आफ्नो स्थानबाट सहयोग गर्ने जिम्मा अब स्रोता-दर्शकको हातमा रहेको कुरा कार्यक्रमका प्रोजेक्ट हेड/निर्देशक लब बहादुर कार्कीले बताउनु भयो ।देशभित्रबाट इसेवा र देशबाहिरबाट भोट गर्न चाहनेले ग्लोबल आनलाइन पे मार्फत भोट गर्न सकिने छ ।

Tags

छुटाउनु भयो कि ?