News in Nepali

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

Lumbinikhabar Online

जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको छ । भारतमा हुने लोकसभा चुनावका लागि नेपाल–भारत बोर्डर सिल गरिएकाले जयनगर–जनकपुर–भंगहा रेल सेवा बन्द गरिएको हो ।

 

भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा वैशाख २५ गते लोकसभा चुनाव हुँदैछ । चुनावको ४८ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?