राजनीतिक दलमा आवद्ध शिक्षकलाई कारवाही गर्न निर्मम हुने घोषणा गरेकी शिक्षामन्त्री सुमना श्रेष्ठले विवरण संकलन गर्न थालृेकी छन् ।राजनीतिक दलको कार्यकारिणी समितिमा बसेको पाइएमा शिक्षा ऐनअनुसार पदबाट हटाउनेसम्मको कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएकी मन्त्री श्रेष्ठले निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ। शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि उनले विवरण मागेकी हुन् । कार्यसमितिको विवरणमा शिक्षकको विवरण भिडाएर शिक्षा मन्त्रालयले कारबाही सुरु गरेको हो ।
शिक्षकको विषयमा परेका उजुरीको विवरण यकिन गरी कारबाही अघि बढाउन आयोगको अभिलेखमा भएको दलका कार्यसमितिको विवरण माग गरेको हो।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६