बिश्व

भारतमा आजबाट लोकसभा चुनाव

Lumbinikhabar Online

सात चरणमा हुने भारतको आम निर्वाचनको पहिलो चरण आज देशका २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा हुँदै छ । भारतको संसद्को तल्लो सदन लोकसभाका ५४३ सदस्य चयन गर्न यसपटक ९६ करोड ९० लाख मतदाताले मतदाताका रूपमा नाम दर्ता गराएका छन् । विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास मानिने भारतीय आम निर्वाचनमा २५०० भन्दा बढी राजनीतिक दल सहभागी हुनेछन् ।

 

सयौँ दलले चुनावमा उम्मेदवार उठाए पनि शीर्ष १० दलले मात्रै हाल लोकसभामा ८६ प्रतिशत सिट ओगटेका छन् । विगतमा जस्तै यसपटक पनि अधिकांश निर्वाचन क्षेत्रमा आधा दर्जनजति दलका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुनेछ । यसपटकको लोकसभा सिटका अधिकांश सिटमा प्रतिस्पर्धा गर्ने मुख्य दलको यहाँ चर्चा गरिएको छ ।

 

भारतीय जनता पार्टी (भाजपा)भारतको केन्द्रको सत्तारुढ दल भारतीय जनता पार्टी(भाजपा) आफू विश्वको सबैभन्दा ठूलो राजनीतिक संगठन भएको दाबी गर्छ । पार्टीका अनुसार ऊसँग झन्डै १८ करोड सदस्य छन् । सन् १९८० मा भारतीय जनसंघबाट भाजपाको जन्म भएको थियो ।

 

यो उग्र दक्षिणपन्थी हिन्दू राष्ट्रवादी संगठन ‘राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)’ को राजनीतिक शाखा हो । युरोपेली जातीयवादी आन्दोलन र फासिस्ट पार्टीहरूको स्वरूपमा सन् १९२५ मा गठन भएको आरएसएसको मूल उद्देश्य भारतलाई हिन्दू राष्ट्र बनाउने छ र ऊ आज भाजपासहित दर्जनौँ हिन्दूवादी समूहहरूको माउ संगठन तथा वैचारिक स्रोत हो । संगठनले मोदीलगायत भाजपाका अधिकांश शीर्ष नेताहरूलाई यसको आजीवन सदस्यको रूपमा गणना गर्छ ।

Tags

छुटाउनु भयो कि ?