राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले राप्रपाको आन्दोलनमाथि दमन गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले मंगलबारको राप्रपाको आन्दोलनमा गृहमन्त्रालयको आदेशमा आफूमाथि पनि कुटपिट र कपडा च्यातिदिएको भन्दै १८ जना कार्यकर्ता घाइते बनाएको बताए । उनले आफ्नो पार्टीका नेता बुद्धिमान तामाङ समेत अहिले घाइते अवस्थामा नै संसद्मा आएको बताए । उनले सरकारले दमन गरेपनि आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने समेत जानकारी दिए ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६