आगामी वर्ष वैशाख १५ मा हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् , विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित १३ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेश्नल अर्गनाइजेशनसहित स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्।
एमालेबाट सुहाङ नेम्वाङ, कांग्रेसबाट डम्बर खड्का, नेकपा एसबाट जितबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मङ्गोल नेश्नल अर्गनाइजेशनका मनेबहादुर लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बू, डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै राप्रपाबाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेश बहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्त विक्रम शाह, नेपाली जनता दलबाट रेशम बहादुर सुनार, नेश्नल रिपब्लिकन पार्टीबाट धनराज रानामगरको उम्मेदवारी दर्ता भएको छ।