अमेरिकाले कुनै विलम्ब नगरी तत्काल युद्धविराम गर्न इजरायललाई दबाब दिएको छ । राष्ट्रपति जो बाइडेनले फोन मार्फत इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई युद्धविरामका लागि थप प्रयास गर्न भनेका हुन् । अन्यथा हमासविरूद्धको लडाईंमा सहयोग नगर्न सक्ने चेतावनी पनि बाइडेनले दिएका छन्् ।
अमेरिकाका राष्ट्रपति जो बाइडेनले गजामा त्यहाँका नागरिकहरूसँगै मानवीय सहायता लिएर जानेहरूको सुरक्षा सुनिश्चित नगरेको भन्दै इसराइली प्रधानमन्त्री बेन्यामिन नेतेन्याहुलाई आगामी दिनमा अमेरिकी सहयोग नहुन सक्ने चेतावनी दिएका हुन्।
समाचार संस्था रोयटर्सका अनुसार बिहीबार राष्ट्रपति बाइडेनले इसराइली प्रधानमन्त्री बेन्यामिन नेतेन्याहुसँग आधा घन्टा टेलिफोन संवाद गरेका थिए।
त्यस क्रममा बाइडेनले गजामा नागरिकहरू नमारिने र उनीहरूलाई क्षति नपुग्ने अवस्था र त्यहाँ मानवीय सहायता अभियान चलाइरहेका सहयताकर्मीहरूको सुरक्षाका लागि ठोस कमदको घोषणा र कार्यान्वयन गरिहाल्न प्रधानमन्त्री नेतेन्याहुलाई चेतावनी दिएको ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले बताए।