टप खबर

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले पाए विश्वासको मत

Lumbinikhabar Online

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा सोमबार भएको मतदानमा मुख्यमन्त्री जमरकट्टेलले ५६ मत पाउनुभएको हो ।

 

११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ मत चाहिनेमा उहाँले त्यत्ति मात्रै मत पाउनुभयो । जमरकट्टेललाई एमालेका २७, माओवादीका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाल पार्टीका एक सांसदले मत दिएका थिए ।

 

नेपाली कांग्रेसका ३७ जनाले विपक्षमा मतदान गर्दा राप्रपाका १२ जना र नेपाल मजदुर किसान पार्टीका ३ जना सांसद भने तटस्थ बसे । मुख्यमन्त्री जमरकट्टेले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे डाकिएको बैठक एकीकृत समाजवादीकी सांसद रमा आले मगरले आफूलाई मन्त्री पद चाहिने भन्दै काठमाडौंमा बसेपछि बैठक बस्न ढिलाई भएको थियो ।

Tags

छुटाउनु भयो कि ?