कार्यक्रम

नेपाल भाषामा ‘वया मा जी ‘तथा नेपाली भाषामा’आएँ आमा ‘गीतको भिडियो लोकार्पण

Lumbinikhabar Online

वरिष्ठ हास्य कलाकार तथा गायक मदन कृष्ण श्रेष्ठ को प्रमुख आतिथ्यमा तथा जन गायक रामेश श्रेष्ठको विशेष आतिथ्यमा कीर्तिपुर Cineplex मा म्युजिक भिडियोको विशेष प्रदर्शन गरिएको थियो। गाउँ गाउँ बाट उठ, हिँड मेरा दाइहो झम्पल बोकेर जस्ता लोकप्रिय गीतका जन पक्षीय गीतकार श्याम तमोट द्वारा रचित उक्त गीत लाई चर्चित संगीतकार सुरेन्द्र श्रेष्ठले संगीत तथा संगीत संयोजन गर्नु भएको थियो भने उक्त गीतलाई नेपाल भाषामा गायिका रत्नशोभा महर्जनले गाउनु भएको छ भने नेपाली भाषामा संगीतकार सुरेन्द्र श्रेष्ठले नै गाउनु भएको छ।

 

आमा सम्बन्धी निकैनै मार्मिक गीत को भिडियो पनि उतिकै मार्मिक बनेको छ। गीतलाई मगन entertainment ka रजिन महर्जनले निर्देशन तथा छायांकन गरेका छन् भने कलाकार हरुमा सुधा महर्जन, सुनिता श्रेष्ठ, लक्ष्मी कुमार महर्जन, रुपेन् श्रेष्ठ , सुबन् जोशी तथा बाल कलाकार संकिपा श्रेष्ठ तथा आरुषी पोखरेलको अभिनय रहेको छ।

प्रदर्शनका क्रममा दर्शकहरु निकै नै भावुक भएका थिए भने प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठले आफू भिडियो हेरेर निकै भावुक भएको तथा आँशु लाई रोकेर बसेको प्रतिक्रिया दिनु भएको थियो। गीतको रेकर्डिङ्ग सुर मेलोडी रेकर्डिङ्ग स्टूडियो मा भएको थियो भने गीतलाई मगन entertainment को अफिसियल youtube च्यानलबाट सार्वजनिक गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?