काठमाडौंको ललितानिवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन भौतिक पूर्वाधार मन्त्री विजयकुमार गच्छदारले सफाइ पाएका छन् । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार गच्छदारलाई सफाइ दिएको हो ।प्रस्ताव पेश गर्न स्वीकृति गरेको आधारमा मात्र बदनियत पुष्टि हुने प्रमाणको आधारमा मन्त्रालयको निर्णयसम्मतको जिम्मेवारीमा रहेका प्रतिवादी विजयकुमार गच्छदारउपर दाबी पुग्न नसक्ने विशेष अदालतको फैसलामा उल्लेख छ ।
त्यस्तै, पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी र डम्बर श्रेष्ठले पनि सफाइ पाएका छन् ।